काठमाडौँ । संसद् भवनमा बसेको प्रतिनिधि सभाको दोस्रो बैठक पनि कार्यसूचीअनुसार अघि बढ्न नसकी अवरुद्ध भएपछि पुनः स्थगन गरिएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ले प्रधानमन्त्रीको उपस्थितिमा मात्र छलफल अघि बढाउनुपर्ने माग दोहोर्याउँदै कार्यवाहीमा अवरोध गरेको हो। विपक्षी दलले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आवश्यक रहेको भन्दै निरन्तर अडान लिएको छ।
अवरोधका कारण सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका थिए। यद्यपि, त्यसअघि पनि सोही विषयलाई लिएर विपक्षीको अवरोधपछि बैठक केही समयका लागि रोकिएको थियो।
लगातारको अवरोधका कारण संसद्को आजको दोस्रो बैठक पनि निर्धारित एजेन्डाअनुसार अघि बढ्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग