काठमाडौँ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बराल उठेर विरोध जनाएका थिए ।
उनले विरोध जनाएपछि सभामुख अर्जुनरसिंह के.सी.ले उनलाई बोल्न समय दिएका थिए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेको विषयप्रति आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सबै सांसद उठे
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ