काठमाडौँ । प्रतिनिधि सभा बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको ।
भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।
यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् ।
आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग