काठमाडौँ । प्रतिनिधि सभा बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको ।
भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।
यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् ।
आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित