काठमाडौं । नेकपा एमालेले भोलि (१५ जेठ) मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।
‘हाम्रो कार्यक्रम कसैको विरोध होइन । जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेका छौं,’ महासचिव पोखरेलले भने ।उनले भोलिको कार्यक्रम एमालेको मात्रै नभएको बताउँदै सबै राजनीतिक दल र नेताहरूलाई सहभागी हुन आह्वान पनि गरे ।
‘नेकपा एमाले मात्रै नभइ सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू त्यो दिन समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवको रुपमा अघि बढाउन हातेमालो गर्न आह्वान गर्न चाहन्छु,’ महासचिव पोखरेलले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै