काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नसकिने बताएका छन् ।महासचिव पोखरेलले बजेटको माध्यमबाट नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन विशेष योजना आवश्यक भएको भन्दै अनौपचारिक अर्थतन्त्र सबै ‘कालो धन’ नहुने जिकिर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार महासचिव पोखरेलले राज्यको सामर्थ्य वृद्धिका लागि गर्नुपर्ने १५ वटा कामको सुची समेत सार्वजनिक गरेका छन् ।
पोखरलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
राज्यको सामर्थ्य वृद्धि नगरीकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सकिँदैन । राज्यको सामर्थ्य वृद्धिका लागि बजेटका माध्यमबाट निम्नानुसारको कदम चाल्नु पर्दछ ।
१ नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक छ । अनौपचारिक अर्थतन्त्र सबै ’कालोधन’ होइन ।
२ नेपालको प्राकृतिक श्रोत ढुङ्गा, गिटी र बालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नु पर्दछ । निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ ।
३ नेपालको वन पैदावारको दिगो उपयोगको नीति र योजना अघि बढाउनु पर्दछ । निकुञ्ज र संरक्षण क्षेत्र बाहेकको वन क्षेत्रको व्यावसायिक उपयोग गर्ने सहज नीति आउनु पर्दछ ।
४ बन क्षेत्रमा रहेका तर विकासका दृष्टिकोणबाट रणनीतिक महत्वको जमिनलाई बन क्षेत्रबाट अलगगरी त्यसको प्रयोग गर्ने सहज व्यवस्था आवश्यक छ ।
५ नेपालको उत्पादनको बजारीकरण र कच्चा पदार्थमा आधारित उद्योगलाई प्रतिकुल असर पुग्ने भन्सार राजश्वमा सुधार गरिनु पर्दछ ।
६ विदेशबाट आयात हुने कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा आयत कर छुट दिने अवस्था अन्त्य गरिनु पर्दछ ।
७ भन्सार दरमा न्यून विजकीकरणको व्यवस्था अन्त्य गरिनु पर्दछ । वास्तविक मूल्यमा आधारित रहेर भन्सार दर लागु गरिनु पर्दछ ।
८ भारतीय पर्यटकहरूले नेपाल आउँदा ल्याउन पाउने नगद रकमको सीमा बढाउनु पर्दछ ।
९ भारतीय पर्यटकहरूले ल्याउने सवारी साधनलाई भन्सार विन्दुमा नै निश्चित समयका लागि रोड पर्मिटको व्यवस्था मिलाउनु पर्दछ ।
१० भारतबाट आयात हुने तरकारी र फलफूलमा अनिवार्य रूपमा विषादी परीक्षणको व्यवस्था मिलाउनु पर्दछ ।साथै हरेक वस्तुको व्राण्डिङ र लेवलिङ अनिवार्य गरिनु पर्दछ ।
११ नेपालबाट निर्यात हुने सबै प्रकारको वस्तुहरूको व्राण्डिङ र लेवलिङ गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
१२ नेपालका प्रमुख सहरहरूमा व्यवसाय दर्ता गरी गरिने सबै प्रकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गरिनु पर्दछ ।
१३ उच्च पहाडी र हिमाली क्षेत्रमा मास टुरिजमको विकासका लागि संरक्षण क्षेत्रको जमिन निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिने व्यवस्था अघि बढाइनु पर्दछ ।
१४ कृषि उत्पादनलाई प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिनु पर्दछ । साना किसानसम्म सहजरुपमा उत्पादनमा आधारित अनुदान पुग्ने व्यवस्था गर्नु पर्दछ ।
१५ स्टार्ट अप योजनालाई वस्तु र सेवाको उत्पादन क्षेत्रमा विस्तार गर्नेगरी पर्याप्त रकमको व्यवस्था गर्नु पर्दछ ।
यसबाट राष्ट्रिय समर्थ्य वृद्धि भई समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा सार्थक योगदान पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’: शंकर पोखरेल
बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार: शंकर पोखरेल
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
भोलि काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुनेछ: शंकर पोखरेल
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल