काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०८२, १४ : ४९
काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो ।

काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए । यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस