काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे । महासचिव पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत बताए ।
उनले भने, ‘लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन । भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहो¥यो । प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो । अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’
महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल