काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्काल राजीनामा गराउन लगाउनु पर्ने प्रस्ताव पार्टीमा राखेका छन् ।
यादवको मुख्यमन्त्री बन्ने चाहनामा पार्टी नेतृत्वले बल दिँदा मधेसमा एमाले एक्लिएको भन्दै महासचिव पोखरेलले तत्काल मुख्यमन्त्रीलाई राजीनामा दिन लगाई पार्टीले कोर्स करेक्सन गर्नुपर्ने मत राखेका हुन्।
ओली इतर समुहमा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भटटराई, गोकर्ण विष्ट मात्र होइन, अर्का सचिव रघुविर महासेठ सम्मले मधेसमा जे भयो, त्यसले पार्टीलाई एक्लाउने र कमजोर बनाउने काम मात्र भएको भन्दै अध्यक्ष ओलीलाई कमजोरी स्वीकार्न लगाउन आग्रह गरेका थिए ।
बिहिबार एमाले पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा महासचिव पोखरेलले यस्तो धारणा राखेका हुन् । ‘मुख्यमन्त्रीका लागि होटेलहरुमा सपथ ग्रहण गराउँदा प्रदेश प्रमुख गुम्यो, सभामुख पद पनि गुम्ने वतावरण बन्यो, मुख्यमन्त्री पनि जोगिने अवस्था छैन, मधेसमा सिंगो एमाले एकातिर र अरु सवै अर्काेतिर बन्ने वातावरण निर्माण भयो,’ महासचिव पोखरेलले बैठकमा भनेका थिए, ‘मधेसका वुद्दिजीवीहरुका बीचमा पनि एमालेको मुख्यमन्त्री बन्न भए गरेका कामले सन्देश राम्रो गएको देखिएन । त्यहाँ पार्टीले कोर्स करेक्सन गर्नेपर्छ । मुख्यमन्त्री सरोज यादवलाई तत्काल राजीनामा दिन निर्देशन दिएर कोर्स करेक्सन गर्नु उपयुक्त हुन्छ । यी सवै घटनाबाट एमाले सच्चिएको सन्देश दिएर जानुपर्छ ।’
मधेस प्रदेशमा अरु दल एकातिर हुदा कांग्रेस र एमाले सँगसँगै थिए । तर संविधानको धारा १६८ को उपधारा २ हुँदै ३ को बाटोमा एमाले हिँडेर कांग्रेसलाई पनि विच्काउने काम भएको र सरकारका लागि जे पनि गर्छन् भन्ने सन्देश जनतामा गएर एमालेप्रति जनविश्वास गुम्ने अवस्था आएकोले यसलाई सच्चाउनु पर्ने महासचिव पोखरेलको भनाई थियो ।
ओली इतर समुहमा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भटटराई, गोकर्ण विष्ट मात्र होइन, अर्का सचिव रघुविर महासेठ सम्मले मधेसमा जे भयो, त्यसले पार्टीलाई एक्लाउने र कमजोर बनाउने काम मात्र भएको भन्दै अध्यक्ष ओलीलाई कमजोरी स्वीकार्न लगाउन आग्रह गरेका थिए ।
इतर नेताहरुकै आवाजमा महासचिव पोखरेलले पनि मधेस प्रकरणमा धारणा राखेको एक पदाधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की