काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि प्रयासरत भइरहँदा, भारतीय पक्षले भने आफ्ना वरिष्ठ नेताहरूलाई एकपछि अर्को गर्दै नेपाल पठाउने कूटनीतिक रणनीति अघि सारेको देखिन्छ।
पछिल्ला तीन सातामा मात्र भारतीय जनता पार्टी (भाजपा) का चार शीर्ष नेताहरू नेपाल भ्रमणमा आएका छन्। वैशाख १५ गते भाजपाको विदेश विभाग प्रमुख विजय चौथाईवालेको नेपाल आगमनसँगै सुरु भएको यो शृङ्खला हालसम्म जारी छ।
शनिबार (जेठ ३) मात्रै भाजपा नेता विजय जोली काठमाडौं आइपुगेका छन्। उनीभन्दा अघि भाजपा नेता तथा महाराष्ट्रका पूर्व राज्यपाल भगतसिंह कोश्यारी र भारतीय केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव पनि नेपाल आइपुगेका थिए।
नेपालमा राजावादीहरुले जेठ १५ बाट निरन्तर आन्दोलन अगाडी बढाउने कार्यक्रम घोषणा गरिरहेको सन्दर्भमा भाजपा नेताहरुको यो खालको श्रृंखलाबद्ध भ्रमणलाई अर्थपूर्ण रुपमा हेनुपर्ने बताइन थालेको छ । भाजपा नेपालमा हिन्दु राष्ट्र पूर्नस्थापनाको पक्षमा छ । उसले खुलेर राजसस्थाको बारेमा केही टिप्पणी नगरिहालेपनि हिन्दु राष्ट्रको बारेमा भने नेपालका नेताहरुसँग सम्वाद र लविङ गरिरहेको प्रष्टै देख्न सकिन्छ ।
यादव नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन काठमाडौं आएका थिए, तर उनले प्रधानमन्त्रीदेखि अन्य शीर्ष नेताहरूसँग पृथक भेटवार्ता गरेका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिइकन भारतीय नेताहरूलाई नेपालमा पठाउनु भारतको बहुस्तरीय संलग्नता रणनीति हुनसक्छ।
भाजपा भारतमा लामो समय देखि सरकारको नेतृत्व गरिरहेको छ । भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालमा रहँदा नेपालका झण्डै तीन दर्जन बढी नेताहरुसँग म्याराथन भेटघाट गरेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, सत्ता सहयात्री दल नेपाली कांग्रेस मात्रै होइन, विपक्षी दल माओवादी केन्द्र लगायत दलका नेताहरुसँग पनि चौथाईवालेले भेटघाट गरेका थिए ।
भारत र पाकिस्तानवीच विवाद उत्कर्समा रहँदा चौथाईवालेको नेपाल भ्रमण भएको थियो । उनले आतंकबादविरुद्द नेपालको साथ र समर्थनका लागि भेटघाट गरेको बताइएपनि त्यसका अतिरिक्त अन्य नेपालको राजनीतिमा पनि चासो राखेको बताइन्छ ।
त्यसपछि कोश्यारीको भ्रमण भएको थियो । कोश्यारी तिनै नेता हुन्, जो २०६२/०६३ को जनआन्दोलनका बेला भारतीय दूत बनेर नेपाल आएका थिए । उनले समेत नेपालका प्रधानमन्त्री देखि विपक्षी दलका नेतासम्मलाई भेटेर फर्केका छन् ।
बाताबरण मन्त्री भने सगरमाथा संवाद कार्यक्रमका लागि काठमाडौं आएपनि उनले समेत नेपालका प्रधानमन्त्री देखि अन्य नेताहरुसँग अलग भेटवार्ता गरेका छन् । त्यही मेसोमा जोलीको नेपाल भ्रमण सुरु भएको छ । विजय जोली नेकपा एमालेको महाधिवेशनका बेला भारतको प्रतिनिधिका रुपमा शुभकामना सन्देश दिन आएका थिए ।
त्यसका अतिरिक्त ओलीले २०७४ मा वाम गठबन्धनबाट सरकारको नेतृत्व गर्दा ओलीको नेतृत्वमा नेपालमा कायपलट हुने टिप्पणी गरेका थिए । त्यसयता नेपाल भ्रमणमा धेरै आईरहने नेतामा पर्छन् जोली । यद्यपी, उनको यो भ्रमण अहिले त्यक्ति चर्चामा भने ल्याइएको छैन ।
तीन सातायतामात्रै भारतीय नेताहरुको श्रृंखलाबद्ध नेपाल भ्रमणले उसले जानाजानी कूटनीतिक र राजनीतिक पहुँचको संकेत गरेको देखाएको छ । भारतले नेपालको राजनीतिक परिदृश्यमा धेरै स्तरहरूमा पुनः संलग्नता खोजिरहेको यी भ्रमणहरुले देखाएको राजनीतिक विश्लेषण गरिन थालेको छ ।
‘भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चौथाईवाले राजनीतिक स्पेक्ट्रमका नेताहरूसँग भेट गरे, जसले विभिन्न दलहरूसँग सम्बन्ध बलियो बनाउने वा पुनस्र्थापित गर्ने प्रयासलाई संकेत गर्दछ ।’ विश्लेषकहरु भन्छन्, ‘भाजपाका वरिष्ठ व्यक्तित्व र महाराष्ट्रका पूर्व राज्यपालको रूपमा कोश्यारीको भ्रमणले नेपालका केही वैचारिक वा राजनीतिक क्षेत्रहरूमा पहुँचको संकेत गर्दछ, जुन सम्भवतः हिन्दू राष्ट्रवादी वा राजतन्त्रवादी भावनाहरूसँग मिल्दोजुल्दो छ ।’
त्यस्तै, विजय जोली जस्ता व्यक्तित्वहरू, जो मन्त्रीको भूमिकामा छैनन् तर सक्रिय रूपमा सांस्कृतिक कूटनीतिलाई प्रबर्द्धन गर्छन्, उनको भ्रमणले पनि साझा हिन्दू र सांस्कृतिक सम्पदाको प्रबर्द्धन गर्ने, जनता–जनता स्तरमा सद्भावना निर्माण गर्ने लगायतको एजेण्डामा भ्रमण हुन सक्ने बताइन्छ ।
नेपालमा राजावादीहरुले जेठ १५ बाट निरन्तर आन्दोलन अगाडी बढाउने कार्यक्रम घोषणा गरिरहेको सन्दर्भमा भाजपा नेताहरुको यो खालको श्रृंखलाबद्ध भ्रमणलाई अर्थपूर्ण रुपमा हेनुपर्ने बताइन थालेको छ । भाजपा नेपालमा हिन्दु राष्ट्र पूर्नस्थापनाको पक्षमा छ । उसले खुलेर राजसस्थाको बारेमा केही टिप्पणी नगरिहालेपनि हिन्दु राष्ट्रको बारेमा भने नेपालका नेताहरुसँग सम्वाद र लविङ गरिरहेको प्रष्टै देख्न सकिन्छ ।
अर्काेतिर, आर्थिक र राजनीतिक दुवै रूपमा नेपालमा चीनको बढ्दो प्रभाव न्यूनीकरणको मिसन भारतको हुनसक्ने पनि देखिन्छ । भारत नेपालले चुच्चे नक्शा जारी गरेयता असन्तुष्ट बन्दै आईरहेको छ ।
नेपालको सत्ता समिकरणमा जहिल्यै प्रत्यक्ष संग्लन्नता खोज्न चाहने भारत अहिले पनि नेपालमा आफु अनुकुल सरकार होस् भन्ने चाहन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपाका यी नेता किन आए नेपाल ?
भारतमा भाजपाले एकल बहुमत गुमायो : गठबन्धनबिना सरकार नबन्ने