काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर लुम्बिनीले पहिला ब्याटिङको निम्तो पाएको हो ।
यस खेलमा सुदूरपश्चिम लगातार चौथो जित निकाल्न लक्ष्यमा छ । यस टिमले अघिल्ला तीन खेलमा शतप्रतिशत जित निकालेको छ । यसले कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरेको छ ।
लुम्बिनीले भने दोस्रो जितको खोजीमा छ । यस टिमले अघिल्ला तीन खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स हारेको छ भने चितवन राइनोजसँग जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित