जनकपुर । सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्।
झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
गाडी चालक काठमाडौँ महानगरपालिका-९ निवासी ५४ वर्षीय ओम नारायण सिंह उपचाररत छन्। दुर्घटनापछि गाडी घटनास्थलमै रहनुका साथै अन्य सवार यात्रुहरूलाई जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनामा घाइते भएकाहरूः
- काठमाडौँ महानगरपालिका-९ निवासी ५३ वर्षीया लक्ष्मी कार्की, टाउको र बाँया हातमा चोट, अवस्था सामान्य
-५६ वर्षीया रिना सिंह, घाँटी र बाँया हातमा चोट, अवस्था सामान्य
-४५ वर्षीया लक्ष्मी कटुवाल, कम्मरमा चोट, अवस्था सामान्य
- ४३ वर्षीया लक्ष्मी सिंह, घाँटीमा चोट, अवस्था मध्यम
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत