काठमाडौँ । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ ।
बिहीबार सिंहदरवारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने प्रस्ट्याएका हुन् ।
अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने बताए ।
प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्यमूल्यांकनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
खुला प्रतिस्पर्धाबाट राजदूत छनोट प्रक्रिया सुरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा
एक्लै राजदूत नभेटने निर्णय लिएका बालेनले सामुहिक भेट गदै
सुशीलाले छोडेकी ६ राजदूतलाई बोलाइयो फिर्ता, एक महिनाभित्रै फिर्ता हुन निर्देशन