काठमाडौं । बिहिबार सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ ।
महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य हालसम्मकै उच्च, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?