काठमाडौँ । राइड सेयरिङको भाडादारको विषय संसद्मा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् ।
‘काठमाडौँ उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरी अर्बौँ ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।
नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृत्ति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले