काठमाडौँ । काठमाडौं महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई दर्ता गर्दा अब दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ।
माइक्रोचिपिङ प्रक्रिया लागू गरिएको यस नयाँ नियम अनुसार विदेशी प्रजातिका कुकुरको पहिचान गराई पश्चात वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ। महानगरको ३६औं नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ अनुसार पाना नं. ८१ र ८६ मा उल्लेख भएअनुसार विदेशी कुकुरका लागि यो शुल्क तोकिएको हो।
स्थानीय प्रजातिका कुकुरको हकमा भने निःशुल्क दर्ता व्यवस्था यथावत रहेको जनाइएको छ। महानगरले २०८१ चैत २० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कुकुर तथा बिरालोलाई माइक्रोचिपिङ गराई मात्र पाल्न र विक्री वितरण गर्न आग्रह गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
डोल्पाका स्थानीय तह काठमाडौं महानगरसँग जोडिँदै