काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि तनाव हुनसक्ने आकलन गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको बताए ।‘अहिलेसम्म केही पनि भएको छैन । कुनै तनाव हुनसक्ने आकलन गरेर मात्रै प्रहरीको टोली पठाएका हौं,’ एसपी बोहराले भने ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ । यस्तो अवस्थामा महानगरमा केही सुरक्षा चुनौती हुनसक्ने भन्दै प्रहरीको टोली खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द