काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द गरिएको छ । सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबरै नगरी बैठक राख्ने बालेनको तयारीमा ब्रेक लागेको हो ।
उपमेयर, कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न मेयरलाई निरन्तर दबाब दिँदै आएका छन् । प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि मेयर पछि हटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम