एजेन्सी । युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वाट विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको रुसी अधिकारीले जनाएका छन्।
मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन्। केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन।
यस अघि कर्सकमा भएको सो आक्रमणमा कारण दुई विद्युत् स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। सोमबार पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा पनि आक्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ बैशाख २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प
ओमानमा तेल भरिएका ट्यांकमा ड्रोन प्रहार, भीषण आगलागी
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि
ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु