इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण

एजेन्सी

मंगलबार, ०३ चैत्र २०८२, ०७ : ४७
इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण

File Photo

एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गर्दै भीषण ड्रोन तथा रकेट आक्रमण भएको छ। 

समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार दूतावासमाथि एकपछि अर्को गर्दै आक्रमण भएको हो ।
यस क्षेत्रमा पछिल्लो समय आक्रमणको शृङ्खला सुरु भएयताकै यो सबैभन्दा भीषण हमला भएको समाचारमा उल्लेख छ। यद्यपि, आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

यस आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि मात्रै अमेरिकी दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा सतर्कता (सेक्युरिटी अलर्ट) जारी गरेको थियो।

उक्त अलर्टमा मध्य बग्दादको 'इन्टरनेसनल जोन' (अन्तर्राष्ट्रिय क्षेत्र) मा इरान-समर्थित आतङ्ककारी मिलिसियाहरूले पटक-पटक आक्रमण गरिरहेको भन्दै सावधानी अपनाउन चेतावनी दिइएको थियो। सोही चेतावनीको केही घण्टा बित्न नपाउँदै दूतावासमाथि यो ठूलो हमला भएको हो।

प्रतिक्रिया दिनुहोस