ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, ०८ : १६
ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी । इन्डोनेशियाको राजधानी जकार्तास्थित एक भवनमा लागेको भीषण आगलागीमा कम्तीमा २२ जनाको ज्यान गएको छ। सात तले भवनमा मंगलबार दिउँसो आगलागी भएको हो।

सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कन्ड्रोका अनुसार आगो लाग्ने समयमा केही कर्मचारी मध्याह्न भोजन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा पहिलो तल्लामा ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भई माथिल्लो तल्लातर्फ फैलिएको पाइएको छ। सो भवन ड्रोन निर्माण गर्ने कम्पनीको हो।

प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये धेरैजसो महिला रहेका छन्, जसमा एक गर्भवती महिला पनि थिइन्। अधिकांशको मृत्यु धुवाँका कारण भएको आशंका प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि २८ दमकल सवारी र करिब १०० दमकलकर्मी परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आएपछि बचाउ टोलीले माथिल्लो तल्लाहरूमा व्यापक रुपमा खोजतलास जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस