एजेन्सी । ओमानको दक्षिणी सहर सलालाह बन्दरगाहमा रहेको तेल भण्डारण ट्याङ्कहरूमा ड्रोन आक्रमण भएको छ।
ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार ड्रोन आक्रमणपछि बन्दरगाहको इन्धन भण्डारण ट्याङ्कहरूमा आगो लागेको छ।यद्यपि अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।
आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। समुद्री सुरक्षा कम्पनी एम्ब्रेयरले घटनामा बन्दरगाहमा रहेका कुनै पनि व्यापारिक जहाजलाई क्षति नभएको बताएको छ।
घटनापछि ओमानका सुल्तान हैथम बिन तारिक अल-सैदले इरानका राष्ट्रपति मसुद पज्स्कियानसँग फोनमा कुरा गर्दै ओमानी भूभागमा भएका आक्रमणप्रति असन्तुष्टि जनाएका छन्।
उनले ओमानले आफ्नो सुरक्षा र स्थिरता कायम राख्न सबै आवश्यक कदम चाल्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ फागुन २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि
ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द