भाजपाका विदेश विभाग प्रमुख आएकै बेला चीनका लागि भारतीय राजदूत किन आए नेपाल ?

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, ०८ : ४२
भाजपाका विदेश विभाग प्रमुख आएकै बेला चीनका लागि भारतीय राजदूत किन आए नेपाल ?

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । तिन दिन यता उनले नेपालमा नेपाली नेतासँग ‘म्याराथन’ गतिमा भेटघाट गरिरहेका बेला उत्तरी छिमेकी मुलुक चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावतको पनि एक्काशी नेपाल भ्रमणमा आएका छन् ।

विशुद्द निजि भ्रमणका लागि चीनका लागि भारतीय राजदूत रावतको नेपाल भ्रमण भएको बताइएपनि उनको भ्रमण यस्तो बेला भएको छ की भारतीय सत्तासिन पार्टी भाजपाका विदेश विभाग प्रमुख नै नेपाल भ्रमणमा आएको बेला भएको छ ।

यसलाई संयोग मानिएपनि चौथाइवाले र चीनका लागि भारतीय राजदूत रावतका बीचमा बिहिबार साँझ नेपालस्थि तभारतीय राजदूताबासमा भेटवार्ता भएको छ ।रावतले चीनबाट नेपाल आएलगत्तै चौथाईवालेसँग लैनचौरस्थित भारतीय दूतावासमा पुगेर भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

चौथाईवाले नेपालमै रहेका बेला अर्काे छिमेकी मुलुक चीनमा रहेका भारतीय राजदूतको पनि नेपाल भ्रमण हुनु र उनले पनि नेपाल आउने वित्तिकै लैनचौरस्थि तभारतीय दूतावास पुगेर चौथाईवालेसँग भेट गर्नुलाई भने गहिरिएर अध्ययन गर्नुपर्ने विषय भएको कुटनीतिक वृत्तमा चर्चा छ ।

चौथाईवाले तीन दिन यता नेपालमा छन् । उनले यहाँका राजनीतिक दलहरुका नेतासँग म्याराथन गतिमा भेटघाट तीव्र बनाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको समन्वयमा काठमाडौं आएको र काठमाडौं आएदेखि नै उनको भेटघाटको सम्पूर्ण ब्यवस्थापन नेपालस्थित भारतीय दूतावासले नै यसपटक गरिरहेकोले पनि चौथाईवालेको नेपाल भ्रमण आफैंमा अर्थपूर्ण छ । खासमा उनी कस्मिरको पहलगाम आतंककारी घटनामा अन्तराष्टिय समर्थन जुटाउन नेपाल आएको बताएपनि उनले बुधबार काठमाडौं उत्रिएदेखि नै नेपालका विभिन्न पार्टीका शीर्ष नेतादेखि दोस्रो र तेस्रो पुस्ताका नेतासम्म पनि भेटघाट  गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सरकार बनेदेखि नै गतवर्ष देखि भारतको औपचारिक भ्रमण गर्न खोजे पनि हुन सकिरहेको छैन । दुई देशका प्रधानमन्त्रीका बीचमा संयुक्त राष्टसंघको महासभामा न्यूयोर्क पुगेका बेला र विमस्टेक सम्मेलनमा बैंकक पुगेका बेला साइडलाइन बार्ता भएपनि औपचारिक सम्वाद हुन सकिरहेको छैन ।

यही वीच सरकारको तालाचावी वोकेर अहिलेको सरकारलाई टेको लगाईरहेको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको थाइल्यान्ड भ्रमण सक्ने वित्तिकै चौथाईवालेको नेपाल भ्रमण भएको छ । उनी आज साँझ दिल्ली फर्कने कार्यक्रम छ । दिल्ली फर्कनु अगाडी पनि उनले नेपालका राजनीतिक दलका थप नेता भेट गर्ने कार्यक्रम रहेको नेपालस्थि तभारतीय राजदूताबासले जनाएको छ ।

चौथाईवाले नेपालमै रहेका बेला अर्काे छिमेकी मुलुक चीनमा रहेका भारतीय राजदूतको पनि नेपाल भ्रमण हुनु र उनले पनि नेपाल आउने वित्तिकै लैनचौरस्थि तभारतीय दूतावास पुगेर चौथाईवालेसँग भेट गर्नुलाई भने गहिरिएर अध्ययन गर्नुपर्ने विषय भएको कुटनीतिक वृत्तमा चर्चा छ ।

चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत बिहिबार काठमाडौं उत्रेका थिए । सिचुआन एयरलाइन्सको विमानमार्फत उनी हिजो दिउँसो काठमाडौं आएका हुन् । उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौं आएका हुन् । नेपालको परराष्ट्रमन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघाम रहेको र चौथाईवालेको भ्रमण कास्मिरको पहलमान घटनामा साथ र सहयोगको लागि भएको बताएको छ ।

तर पनि यी दुईको एकैपटक नेपाल भ्रमण हुनु, यसपटक चौथाईवालेको भ्रमण भारतीय विदेशमन्त्री एस जयशंकरसँगको समन्वयमा भारतीय दूतावासले मिलाएको सेडुअलमा नेपाली नेताहरुसँग भेटघाट हुनु र रावत आएलगत्तै चौथाईवालेसँग सम्वाद हुनुलाई भने अर्थपूर्ण रुपमा हेरिनुपर्ने बताइन्छ ।

चीनका लागि भारतीय राजदूत रावत तिनै ब्यक्ति हुन्, जो लामो समय चीनमा काम गरेका कुटनीतिज्ञ हुन् । चीनले नेपालका दुई कम्युनिष्ट पार्टी एक भएको विगत देखि नै हेर्न चाहिरहेको छ । यस्तो बेला चिनियाँ राजदूतलाई समेत काठमाडौं आएर भारतको सरकार सञ्चालन गरिरहेको भाजपाका विदेश विभाग प्रमुखले भेट गर्नु आफैं अर्थपूर्ण छ ।

रावत भारतीय विदेश सेवा (IFS) का १९९० ब्याचका अधिकारी हुन् र चीनसँगको कूटनीतिक सम्बन्धमा उनले गहिरो अनुभव राख्छन्। रावतको चीनमा यो तेस्रो कार्यकाल हो। उनी १९९२ देखि १९९७ सम्म बीजिङ र हङकङमा कार्यरत थिए। त्यसपछि २००३ देखि २००७ सम्म पुनः बीजिङमा काउन्सलरका रूपमा कार्य गरे। उनको कार्यकालको अन्त्यमा उनी डिप्युटी चीफ अफ मिशन थिए। यसपछि उनले मौरिससमा भारतीय मिशनमा सेवा गरेका थिए ।

उनी चौथाईवाले नेपाल आएकै बेला नेपाल भ्रमण शुरु गर्नु अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस