एजेन्स । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका हुन् ।
यससम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटमा जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टू एयरमेन’ जारी गरिन्छ ।
यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि उपलब्ध हुनेछैन ।
एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ ।
भारत र पाकिस्तानबिच कुनै सिधा उडान भने छैन । तर, पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।
अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिन पछि, अप्रिल २३ मा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको थियो । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एक मात्र स्थल सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश थियो ।
यसको प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै
भारतले नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने
९ वर्षपछि दिल्लीमा नेपाल र भारतका गृहसचिवहरूको बैठक बस्दैं
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड