८.१४ अंकले घट्यो सेयर बजार

सफल खबर संवाददाता

बुधबार, १७ बैशाख २०८२, १५ : ५७
८.१४ अंकले घट्यो सेयर बजार

 काठमाडौं । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो ।

बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.७७, सिनर्जी पावरको ८.३६, मातृभूमि लघुवित्तको ७.३१, रिडी पावरको ७.२४ तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत मूल्य बढ्यो ।

 

प्रतिक्रिया दिनुहोस