श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ । यसै अन्तर्गत सुरक्षा व्यवस्थाको समीक्षा गर्न राज्यका ८७ मध्ये ४८ वटा पर्यटकीय स्थल बन्द गरिएको हो ।
गएको मंगलबार आक्रमणकारीहरूले पहलगाममा घुम्न आउने पर्यटकको नाम र धर्म सोध्दै हिन्दु धर्म भएकाहरूको टाउकोमा गोली हानेका थिए । यस घटनामा एक जना नेपाली समेत २६ जनाको मृत्यु भएको थियो । भारतले तीन मध्ये दुई जना आक्रमणकारीलाई पाकिस्तानबाट आएका आतंकवादीको रूपमा पहिचान गरेको छ ।
तर पाकिस्तानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै तटस्थ रूपमा छानबिन सुरु गर्न आग्रह गरेको छ । आक्रमणयता भारत र पाकिस्तानबिच तनाव बढेको छ ।
भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि खारेज गरेको छ भने पाकिस्तानले पनि भारतीय विमान सेवाप्रदायकका लागिआफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण