श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ । यसै अन्तर्गत सुरक्षा व्यवस्थाको समीक्षा गर्न राज्यका ८७ मध्ये ४८ वटा पर्यटकीय स्थल बन्द गरिएको हो ।
गएको मंगलबार आक्रमणकारीहरूले पहलगाममा घुम्न आउने पर्यटकको नाम र धर्म सोध्दै हिन्दु धर्म भएकाहरूको टाउकोमा गोली हानेका थिए । यस घटनामा एक जना नेपाली समेत २६ जनाको मृत्यु भएको थियो । भारतले तीन मध्ये दुई जना आक्रमणकारीलाई पाकिस्तानबाट आएका आतंकवादीको रूपमा पहिचान गरेको छ ।
तर पाकिस्तानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै तटस्थ रूपमा छानबिन सुरु गर्न आग्रह गरेको छ । आक्रमणयता भारत र पाकिस्तानबिच तनाव बढेको छ ।
भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि खारेज गरेको छ भने पाकिस्तानले पनि भारतीय विमान सेवाप्रदायकका लागिआफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?