जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डिएसपी काफलेका अनुसार मृत्यु भएका दुवैजना च्यापिएर गम्भीर घएका थिए । दुवैजनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको क्रममा भएको हो । गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । बसमा ३५ जना सवार रहेका थिए ।
बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु