काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति काठमाडौँका विभिन्न ठाउँमाबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ४ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई काठमाडौँको कलंकी ठमेल, दरबारमार्ग, सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोकका अशोक गिरी, सुरेश गुरुङ, किमजोङ बोसलगायत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, ०९ : १८
लेखकबाट थप