काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।
२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपदबाट जोगिनका लागि र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।
भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै मन्त्री लेखकले जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर बस्न र क्षतिबाट जोगिने तयारी गर्न जरुरी रहेको बताए ।
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षतिको जोखिम धेरै हुने भन्दै उनले प्रकृतिमैत्री गतिविधि हुनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्र गरेका कामको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन सुझाव समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन