काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।
उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’
कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन