काठमाडौँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थानीले संविधान बनाउनभन्दा धेरै समय लागेको बताउँदै ध्यानाकर्षण गराएका हुन् । ‘संविधान बनाउनभन्दा बढी समय निजामती एन बनाउन लाग्यो । यो ठिक भइरहेको छैन’, सांसद थानीले भने ।
संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ ।
प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष पुग्न लागेको छ ।
अब भने विधेयक धेरै समयसम्म समितिमा राख्न नहुने थानीले बताए । कुलिङ पिरियडसहित मिल्न बाँकी विषयहरूमाथि समितिमा छलफल जारी छ । थानीले आफू कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने उनले राय दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने