काठमाडौँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थानीले संविधान बनाउनभन्दा धेरै समय लागेको बताउँदै ध्यानाकर्षण गराएका हुन् । ‘संविधान बनाउनभन्दा बढी समय निजामती एन बनाउन लाग्यो । यो ठिक भइरहेको छैन’, सांसद थानीले भने ।
संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ ।
प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष पुग्न लागेको छ ।
अब भने विधेयक धेरै समयसम्म समितिमा राख्न नहुने थानीले बताए । कुलिङ पिरियडसहित मिल्न बाँकी विषयहरूमाथि समितिमा छलफल जारी छ । थानीले आफू कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने उनले राय दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह