चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरेका छन्।
चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ-६ लेन सडकको आज उद्घाटन गर्दै विकासमा एकताबद्ध भएर लाग्न आग्रह गरेका हुन्।
उनले भने, ‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहन्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ । विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भू-भाग भएको बताए।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै, यस्तो छ कारण
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने