काठमाडौँ । यो साता सेयर बजार १.९४ प्रतिशत बढेको छ ।
गत साता २६७० अंकमा रहेको बजार यो साता २७२२ अंकमा पुगेको छ । गत साता बजार १.२२ प्रतिशत घटेको थियो । यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक बिदा रह्यो । वर्ष २०८२ सुरु भएपछि तीन दिन कारोबार भएकामा सबै दिन बजार बढेको छ ।
पहिलो दिन आइतबार ८.६२ अंक घटेको बजार त्यसपछि लगातार बढ्यो । मंगलबार २७.१४, बुधबार ७.०१, बिहीबार २६.४९ अंक बढ्यो । समग्रमा २०८२ सालमा कारोबार भएका तीन दिनमा बजार ६० अंक बढ्यो ।बजार बढ्दा कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड, बुधबार ७ अर्ब २६ करोड तथा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार