काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको प्रस्टीकरण दिएका छन् ।
बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति आपत्ति जनाउँदै आफूलाई कुनै कुण्ठा नभएको बताए ।
यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो’, प्रचण्डले भने, ‘नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो ।’
उनले झापादेखि रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको पनि बताए । उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको बताए ।
‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन ’, प्रचण्डको भनाइ छ ।
उनले सरकार असाध्यै अपारदर्शी रहेको भन्दै दलाल र बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड