काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ ।
नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् ।
‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो । त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, थेवेले भने, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ ।’
काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले जनाए । युवासंघका उपाध्यक्ष कृष्णहरि केसीले युथ समिटमा युवाका एजेन्डाका बारेमा छलफल हुने बताए । ‘युवाहरूका एजेन्डा,समस्या र सम्बोधनका बारेमा छलफल हुन्छ’, केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग