काठमाडौँ। शुक्रबार राती जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे भूकम्पमा परी आठ जना घाइते भएका छन्। भूकम्प जाँदा अत्तालिएर घरबाट हाम फाल्दा तथा असावधानीपूर्वक भाग्दा उनीहरू घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।
घाइते हुनेहरुमा जाजरकाेटका छ जना र रुकुम पश्चिमका दुई जना रहेका छन्। घाइतेभएकाहरूमध्ये तीन जना डिस्चार्ज भएको र पाँच जनाको स्थानीय तथा जिल्ला अस्पताल भइरहेकाे प्राधिकरणले जनाएको छ।भूकम्पका कारण थप क्षति भएको छैन।
जाजरकोटकाे कुशे गाउँपालिका ९ पैंक केन्द्रविन्दु भएर शुक्रबार राती ८ः०७ बजे ५.२ र ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते