काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने म्याद फेरि थप गरेका छन् । अब फेरि टिकटक एप अमेरिकामा ७५ दिनभित्र बेच्नुपर्ने छ ।अमेरिकामा सेवाहरू कायम राख्न एप बेच्न आवश्यक छ नत्र यसलाई अमेरिकामा प्रतिबन्ध लगाइने बीबीसीले जनाएको छ ।
ट्रम्पले यो एप बन्द हुन नदिने बताएका छन् । यसअघि उनले टिकटकको बिक्रीमा सम्झौता भएमा चिनियाँ आयातमा लगाइएको शुल्कमा केही छुट दिन सक्ने बताएका थिए।अमेरिकामा टिकटक प्रयोगकर्ताहरूको ठूलो संख्या यसलाई प्रतिबन्धको विरुद्धमा छ ।
समाचार एजेन्सी रोयटर्सको समाचार अनुसार ट्रम्पले यसै हप्ता ट्यारिफको घोषणा गरेपछि चीनले अमेरिकामा टिकटक बिक्री गर्न नदिने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य