काठमाडौं । पूर्व पञ्चहरुलाई समेत माथ खुवाउँदै राजा फर्काउने अभियानको ‘जनकमाण्डर’ बनेका दुर्गा प्रसाईं यतिबेला फरार छन् । चैत १५ गते काठमाडौंको तिनकुनेमा लुटपाट, आगजानी, हत्या लगायतका वितण्डाको घटनाका मतियारका रुपमा प्रहरी वान्टेड सूचीमा रहेका प्रसाईं भागेर भारत पुगेका छन् ।
चैत १४ मा निर्मल निवास पुगेर पूर्व राजा ज्ञानेन्द्रसँग भेटेपछि उनी राजा फर्काउ अभियानको कथित ‘जनकमाण्डर’ बनाइएका थिए । बैंकबाट लिएको ऋण नतिरेका र विवादास्पद मेडिकल ब्यापारी प्रसाईंले त्यसपछि १५ चैतको कार्यक्रमलाई हिंसात्मक बनाउने योजना बनाए । उनले काठमाडौंको बौद्दमा केही युवाहरुको संगठित फोर्स तयार पारे । बैंकमा ऋण भएकालाई ऋण मिनाह हुने, कतियलाई रोजगारी दिलाईदिने जस्ता प्रलोभनमा पारे ।
जर्वजस्त आन्दोलन भड्काउन उनले युवाहरुलाई उक्साउने काम मात्रै गरेनन्, आफै त्यसको नेतृत्व लिए । सुरक्षामा रहेका सुरक्षाकर्मीमाथी किचौलला अझै गरेर आफै गाडी हाँकेर, गाडीभित्रै प्रचारका भोका प्रसाईंले युट्युवसम्मलाई राखेर प्रहरीमाथी गाडीले ठेल्दै स्थिती भड्काउन लगाए । प्रसाईंको योजना थियो– कार्यक्रमलाई हिंसात्मक बनाउने, लुटपाट मञ्चाउने, राज्य पूर्णतः असफल रहेको दखाउने र श्रीलंका, वंगालदेश शैलीमा नेताहरुलाई भागेर हिड्ने बनाएर कब्जा गर्ने ।
प्रसाईंको त्यस्तो दिवास्वप्न पूरा हुने अवस्था थिएन । उनले कार्यक्रमलाई हिंसात्मक बनाउन सफल भए । उनका केही लठैतहरुद्दारा लुटपाट, आगजानीसम्म पनि गराउन सफल भए । तर त्यसको घाटा राजावादीहरुलाई नै बनायो । प्रसाई आन्दोलन उक्साउन पुगेका कथित धर्मगुरु पुष्कर खतिवडासँगै काठमाडौँको तीनकुनेस्थित एउटा घरको सटरभित्र त्यसपछि लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनिसकेको थियो । प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो। स्थिती अराजकतामा लैजाने र आफु सुरक्षित उम्कने योजना प्रसाईंको पहिले नै तय भईसकेको थियो ।
लगत्तै उनी कथित धर्मगुरु पुष्कर खतिवडासँगै निजी सुरक्षाकर्मी र समर्थकको आड लाग्दै बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो चढेर घटनास्थलबाट भागे । तिनकुनेबाट भागेका प्रसाईं र खतिवडा सिधै इमाडोलस्थित खतिवडाको घरमा गएको पैहरीले अहिले अनुसन्धानपछि बताएको छ । खतिवडाको घरमा बसेर प्रसाईंले केही बेर तिनकुनेको घटनाका बारेमा थप विवरण निकटवर्ती सँग र सञ्चारमाध्यमबाट अपडेट भए । त्यहाँ उनले फलफूल र चिया खाएपछि तिनकुने क्षेत्रमै रहेका राप्रपा नेता धवल शमशेर राणालाई फोन गरेको प्रहरीले बताएको छ ।
धबलशम्शेरलाई उनले फोनमा आन्दोलन चर्काउनुपर्छ, मौका यही हो, अब छोडनुहुन्न भन्दै टेलिफोन गरेपछि उनले आफनो मोबाइल बन्द गरेको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाई छ । धबललाई फोन गरेर आफनो मोबाइल बन्द गरेपछि प्रसाईले धर्मगुरु खतिवडालाई उनकै निवासमा छोडेर आफना नीति सुरक्षागार्डसहित इमाडोलबाट प्रसाई निस्किएका थिए । त्यसपछि भने प्रसाईंले काठमाडौंमा आफु असुरक्षित हुने देखेर सिधै भाग्ने योजना बनाए । उनी त्यसपछि सिन्धुली निस्केर विराटनगर जाने बाटो समाएको प्रहरीको अनुसन्धानमा फेला परेको छ ।
उनी त्यसपछि सिधै विराटनगर हुादै झापाको काकडभित्ता पुगेर भारत छिरेका थिए । उनी चढेको गाडी बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियोले प्रसाईलाई सिमानाका काकडभित्तासम्म लगेर छोडेको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यसपछि भारतीय नम्बर प्लेटको अर्काे गाडी चढेर उनी भारत छिरेको र अहिले भारतमै आश्रय लिएर बसिरहेको प्रहरीले बताएको छ । उनलाई काकडभित्तासम्म लगेर छोडेको गाडी र डाइभरलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रसाईलाई काकडभित्ता छोडेर उक्त गाडी प्रसाईंकै सञ्चालनमा रहेको झापाको बीएन्डसी कलेजमा प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको थियो । प्रहरीले गाडी नियन्त्रण अगाडी प्रसाईंको छापास्थित घरमा समेत पुगेर अनुसन्धान गरेको थियो । अहिले उक्त गाडी र डाइभरलाई काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति