काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगर पुगेर ‘प्रचण्ड’ले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय भएका थिए । उनी राजदूतसमेत भएका थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?