काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगर पुगेर ‘प्रचण्ड’ले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय भएका थिए । उनी राजदूतसमेत भएका थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?