काठमाडौ । श्रीलंकाका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका कोलोम्बोस्थित नेपाली राजदूतावासले जनाएको छ।
त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलंकाली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गरेका छन्।
राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गरे।
त्यस अवसरमा श्रीलंकाका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने
११ राजदूतलाई फिर्ता बोलाउँदा ६ देशका यी राजदूत किन भएनन् फिर्ता ?
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
राजदूत लम्सालद्वारा इराकका लागि ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट