एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले सन् २०२४ को चुनावी अभियानमै सो कुरा उठाएका थिए। बिहीबार सो निर्णयमा हस्ताक्षर गरेपछि उनले जत्ति सक्दो चाँडो बन्द गर्ने बताए।
ट्रम्पले यसलाई केही परम्परावादीले जबरजस्ती टिकाएको बताउँदै आएका थिए। यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि काँग्रेसको अनुमति आवश्यक पर्छ। उनले अमेरिकाले अन्य देशको तुलनामा शिक्षामा धेरै खर्च गरे पनि त्यहाँका विद्यार्थी तल नै रहेको बताएका छन्।
यसअघि ट्रम्पले गरेका धेरै निर्णय न्यायिक चुनौतीको सामना गरेका कारण यो निर्णयले पनि त्यसै किसिमको चुनौतीको सामना गर्नु पर्ने अनुमान गरिएको छ।
सिनेटमा अहिले रिपब्लिकको मत ५३-४७ को अवस्थामा छ। तथापि यस्ता विभाग दीर्घकालीन रूपमा बन्द गर्नका लागि ६० मत आवश्यक पर्छ। यो विभाग पूर्ण रूपमा बन्द नभए पनि ट्रम्पले यसमा खर्च कटौती गर्ने तथा कर्मचारीलाई बिदा गर्ने निर्णय गर्न सक्ने छन्।
सन् १९७९ मा स्थापित सो विभागले सामुदायिक विद्यालयमा लगानी गर्ने, विद्यार्थी ऋणको व्यवस्था गर्ने तथा निम्न आय भएकालाई शिक्षाको व्यवस्था गर्ने काम गरेको थियो।
ट्रम्पले यस विभागले युवा समुदायमा रङ्गभेद, राजनीतिक तथा यौनका विषयमा सिकाइरहेको आरोप लगाएका छन्। त्यहाँका सामुदायिक विद्यालयका १३ प्रतिशत हिस्सा मात्र सङ्घीय सरकारबाट उपलब्ध हुने गरेको छ। अन्य सबै स्थानीय तह र प्रान्तीय सरकारबाट प्राप्त हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?