एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् ।
बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ ।
दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् ।
सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँगै यसपटक अमेरिकी प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि बेइजिङ पुगेका छन् । टेस्लाका प्रमुख एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ ट्रम्पको टोलीमा सहभागी छन् । बेइजिङ ओर्लिनुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला’ गर्नुपर्ने माग राख्ने बताएका थिए ।
इरान युद्धका कारण गत मार्चका लागि तय भएर पनि रोकिएको यो भ्रमण अहिले विशेष चासोका साथ हेरिएको छ । सन् २०१७ को तुलनामा अहिलेको चीन थप शक्तिशाली र दृढ देखिएको छ, जसले आफूलाई एक स्थिर विश्वव्यापी शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ ।
दुई नेताबीचको यो संवादले विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ बैशाख २०८३, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'