काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।
कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका छन् ।
यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक