मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, १० : ३८
मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीबाट प्रहरीले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ गोलचोकमा सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले प्र १-०२-०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रेष्ठको मलद्वारबाट प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम र गुरुङको मलद्वारबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस