काठमाडौँ । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।
पछिल्ला केही दिन यता टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरू राम्रोसँग चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन । जसको चौतर्फी आलोचना भइरहेको छ ।
नेपाल टेलिकमको सेवामा पटक-पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरू मर्कामा पर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक