काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाएका हुन् ।
आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उनले बताएको उनको निजी सचिवायलय जनाएको छ ।
अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र खनालबीच भेटवार्ता
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड