कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठुलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘मैले प्रधानमन्त्रीको रूपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ, छुट्टै ऐनविना यति ठुलो व्यवसायलाई व्यवस्थित गर्न सकिँदैन’– अध्यक्ष प्रचण्डले भने– ‘यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ ।’
काठमाडौँमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जायज रहेको र यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको उनले स्पष्ट पारे ।
आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरूले पनि आवाज उठाउन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि यसलाई सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोट भूकम्पबारे ‘प्रचण्ड’को दाबी-‘मैले अग्रसरता नलिएको भए उद्धार प्रभावकारी हुन्थेन’
संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
चितवनको बजेटमा सरकारले विभेद गरेको छ : प्रचण्ड
भिजिट भिसा प्रकरण अहिले गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड
अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोप वाहियात हो : प्रचण्ड