सिन्धुली । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गए राति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गए राति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् । सो घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ ।
घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगर अस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ । करिब १० महिनाअघि दुधौली नगरपालिका–९ लालपुरकी अनिसासँग दिनेशले प्रेम विवाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ