काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको साथ सहयोगमा खोलिएको एक सहकारीको भेडा फर्म विप्लवले उद्घाटन गरेका हुन् ।
विप्लवले कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको रुप्सा चिसापानी क्षेत्रमा पाँच घण्टा हिँडेर भेडा त्रिवेणी साझेदारी भेडा फर्मले संचालन गरेको फार्म उद्घाटन गरेका हुन् ।
उनले उद्घाटन गरेर बोल्दै भने, ‘राजनीति गर्दाखेरि हामीले कुनै त्यस्तो मन्त्री, ठूलो पद या पैसाको कुरा मात्रै सोचेर हामीले गरेको होइन ।’ पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानहरुमा कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय हुँदै आएको छ । केहि समय अगाडि काठमाडौंमा पनि विप्लवको कृषि बिक्री केन्द्र संचालनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातामै दुई प्रभावशाली नेतामाथि विप्लवको कारबाही
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश