काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको उनले बताए ।
इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईका अनुसार मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते