सोल । दक्षिण कोरियामा एक जना शिक्षिकाले आठ वर्षीया बालिकाको चक्कु हानेर हत्या गरेकी छन् । यो घटना दाएजेओनको एउटा प्राथमिक विद्यालयमा भएको हो ।
आफूले छात्रामाथि चक्कु प्रहार गरेको ४० वर्षीया संदिग्धले स्वीकार गरेको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेतिर बालिका विद्यालयको भवनको दोस्रो तलामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको थियो । शिक्षिका पनि छात्राको पासमै थिइन् । दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति चोइ साङ–मोकले यस घटनामाथि छानबिन गर्न निर्देशन दिएका छन् ।
भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक उपायहरू लागू गर्न उनले अधिकारीहरूलाई आदेश दिएका छन् । यो घटनापछि मंगलबार विद्यालय बन्द भएको थियो ।
शिक्षिकाले डिसेम्बर ९ मा नै डिप्रेसनको कारण देखाउँदै ६ महिनाको बिदा मागेकी थिइन् । तर डाक्टरले काम गर्न फिट छिन् भनेर भनेपछि २० दिन बिदा बसेपछि उनी विद्यालय फर्किएको दाएजेओन शिक्षा कार्यालयले भनेको छ ।
मृतक विद्यार्थीसँग शिक्षिकाको कुनै सम्बन्ध नभएको अधिकारीहरूले बताएका छन् । चक्कु प्रहारको घटनाभन्दा केही दिन अगाडि नै शिक्षिकाले हिंस्रक व्यवहार देखाइरहेकी बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु